Techie IT
×
गृहपृष्ठराजनीतिनेपालको नयाँ नक्सा र निशाना छाप समेटिएको संविधान संशोधन खारेज हुनुपर्छ : सरिता गिरी

नेपालको नयाँ नक्सा र निशाना छाप समेटिएको संविधान संशोधन खारेज हुनुपर्छ : सरिता गिरी


काठमाडौं, २८ जेठ । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप सम्बन्धी संविधान संशोधन बिधेयकनै खारेज हुनुपर्ने भनी संशोधन दर्ता गराएकी छन् ।

गिरीले बुधबार संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफ २ हटाउन भनिएको छ
दफा दुईमा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ ।

विधेयकमाथि मंगलवार प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो । जुन छलफलमा जसपाकै नेताहरु लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले पनि सरकारले पेस गरेको संविधान संशोधन विधेयकको पक्षमा बोलेका थिए ।

सांसद गिरीले भने प्रमाण र तथ्यविनाको उक्त विधेयक खारेजीको सूचना दिएकी छन् । उनले भारतलाई नसोधी नक्सा प्रकाशन गरिएको भन्दै यसअघि नै संसदमा विरोध गरेकी थिइन् ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking

प्रतिक्रिया दिनुहोस