Techie IT
×
गृहपृष्ठराजनीतिनेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमायो : प्रचण्ड

नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमायो : प्रचण्ड


काठमाडौं, ७ साउन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले रोल्पा जिल्लाका क्रान्तिकारी नेता तथा पूर्वसांसद बर्मन बुढाको निधनले आफुलाई मर्माहत बनाए बताएका छन् ।

बुधबार श्रद्धाञ्जली ब्यक्त गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ । सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो ।’

उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ’, उनले उल्लेख गरेका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस