Techie IT
×
गृहपृष्ठराजनीतिप्रचण्ड झुक्याएर लैजाने खालको अध्यक्ष होइन, झुक्किएर कोही जाँदैन : प्रवक्ता श्रेष्ठ

प्रचण्ड झुक्याएर लैजाने खालको अध्यक्ष होइन, झुक्किएर कोही जाँदैन : प्रवक्ता श्रेष्ठ


काठमाडौं, ६ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टी अध्यक्ष प्रचण्डलाई झुक्याएर शीतल निवास लगिएको भन्नेमा कुनै सत्यता नभएको बताएका छन् ।

मंगलबारको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रचण्ड झुक्याएर लैजाने खालको अध्यक्ष नभएको बताए । सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘जानु भएको सत्य हो, तर झुक्याएर कसैले लैजाँदैन, झुक्किएर कोही जाँदैन ।

ओली र प्रचण्डसहितका नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गत शनिबार साँझ शीतल निवास पुगेका थिए । त्यसको भोलिपल्ट प्रचण्डले पूर्व निर्धारित भेट नभई परिबन्दमा परेर शीतल निवास पुगेको बताएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot, #nekapa, #नेकपा


तपाईको प्रतिक्रिया दिनुहोस