Techie IT
×
गृहपृष्ठराजनीतिनेकपा बैठक साउन १३ सम्मका लागि स्थगित

नेकपा बैठक साउन १३ सम्मका लागि स्थगित


काठमाडौं, ६ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक साउन १३ गतेसम्म्का लागि स्थगित भएको छ । बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिँदै बैठक स्थगित भएको हो ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको छ । साथै सरकारलाई पनि राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको छ ।

बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #nekapa, #नेकपा

प्रतिक्रिया दिनुहोस