Techie IT
×
गृहपृष्ठराजनीतिमलखाद, कीटनाशक र कृषि सामग्रीको सुनिश्चित गराउन जसपाको माग

मलखाद, कीटनाशक र कृषि सामग्रीको सुनिश्चित गराउन जसपाको माग


काठमाडौं, २८ जेठ ।

जनता समाजवादी पार्टी, नेपालले मलखाद र कीटनाशक तथा अन्य कृषि सामग्रीको उपलब्धता गाँउ÷गाँउमा सुनिश्चित गराउन सरकारसँग माग गरेको छ ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, ‘धानखेतीको प्रारम्भमा नै देशभरी बिउबिजन, डी.ए.पी. तथा यूरियाको चरम अभावले कोरोना अवधिमा आर्थिक संकटवाट गुज्रिराखेको कृषक समुदाय आगामी दिनमा न्यून उब्जनी र खाद्यान्न अभाव तथा भोकमरीको त्रासले झनै त्रस्त र विचलित हुँदै गएकाले कृषि सामाग्री उपलब्ध गराउन माग गर्दछु ।’


क्याटेगोरी : राजनीति


प्रतिक्रिया दिनुहोस