Techie IT
×
गृहपृष्ठराजनीतिनेकपाको विवाद मिलाउने महत्वपूर्ण पात्र दीपक भट्ट

नेकपाको विवाद मिलाउने महत्वपूर्ण पात्र दीपक भट्ट


काठमाडौं । जलस्रोतमा निकै पहुँचवाला मानिएका दीपक भट्ट यतिवेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद मिलाउने अभियानको नेतृत्व गरिरहेका छन् ।

पार्टी महासचिव विस्णु पौडेलको निकै निकट मानिएका भट्ट जनार्दन शर्मा र वर्षमान पुनका पनि निकै निकट मानिन्छन ।

एक जमानामा पर्यटन क्षेत्रमा आङ छिरिङको जस्तो प्रभाव र भूमिका थियो, जलस्रोतमा भट्टको त्यही स्तरको मानिन्छ ।

उत्तर–दक्षिणतिर फर्किएका नेताहरुलाई मिलाउनका लागि दीपक भट्टकै पहलमा विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई एक ठाउँमा ल्याएको नेकपा स्रोतको दावी रहेको छ ।

निकै टाढिएको दुई अध्यक्षको सम्बन्धलाई निकट ल्याएर वैठक र सहमतिमा ल्याउनका लागि पछिल्लो समयमा यिनै चार नेताले भूमिका खेलेको बताइएको छ ।

यी चार नेतालाई एउटै निश्कर्षमा ल्याउन र पार्टी अध्यक्षलाई विश्वासमा लिने वातावरण बनाउन भट्टले निकै पापड बेल्नु परेको बताइएको छ । दीपक भट्टले जम्मा पारेर विश्वासमा लिएका चार जनालाई दुई अध्यक्षले अनौपचारिक कार्यदल बनाएर काममा पनि खटाए ।

स्थायी समिति चलिरहेको बेलामा त्यसलाई छलेर दुई अध्यक्षले आआफ्ना विश्वासका नेता मात्र मिलाएर कार्यदल बनाउने निर्णयको पार्टीभित्र चर्काे विरोध भएपछि त्यो कमिटी औपचारिक रुपमा खारेज गरिएको बताइयो । वाहिर त्यसलाई खारेज गरे पनि भित्रभित्र त्यसले काम गरिरहेको थियो । त्यही कार्यदलको योजनामा केपी र प्रचण्डका बीचमा राष्ट्रपतिलाई साक्षी राखेर सहमति गराउन खोजियो । पछि केही नीतिगत असहमति भएपछि सम्झौता भएन ।

चार जनाको कार्यदलमध्ये वर्षमान पुन वाहेक तीनै जना विष्णु पौडे, शंकर पोखरेल र जनार्दन शर्मा पुगेका थिए । वर्षमान पुनको चौतर्फी विरोध भएकादले उनी राष्ट्रपतिको निवासमा भने गएका थिएनन् ।

झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, रामबहादुर थापा वादल, नारायणकाजी श्रेष्ठ सबैलाई गुमराहमा राखेर यी चार जनाले सहमति गर्न खोजेकोमा अन्तिममा प्रचण्डले वैचारिक मतभिन्नताका कारण तत्काल सहमति गर्ने अवस्थामा पुगेर पछि हटेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस