Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा


काठमाडौं, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको वार्ता बालुवाटारमा अहिले जारी छ । पार्टीभित्र विद्यमान विवाद अन्त्यको प्रयासका लागि दुई अध्यक्ष वार्तामा सक्रिय भएको नेकपा स्रोतले बताएको छ । शनिबार (हिजो) नेकपाको सचिवालय बैठक बसेको थियो । बैठकमा विभिन्न कोणबाट छलफल भई सहमतिको प्रयास गरिएको भएपनि ठोस सहमति नबनेको नेताहरुले बताएका थिए । आज पुनः दुई अध्यक्ष एक्लाएक्लै वार्तामा जुटेका छन् ।

साँझ ६ बजे अध्यक्ष प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । शनिबार दुवैजना अध्यक्ष सचिवालय बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । दुई अध्यक्षबीच सहमति बनेको आँकलन नेताहरुले गरेको भएपनि आइतबार विहान अध्यक्ष प्रचण्डले आफ्नो पक्षका केही नेताहरुसँग खुमलटार निवासमा छलफल गरेका थिए ।

सो छलफलमा दुई अध्यक्षबीच कुनै ठोस सहमति नभएको उनले बताएका थिए । प्रधानमन्त्री ओलीले आगामी मंसिरमा पार्टीको महाधिवेशन गरेर आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको प्रस्ताव सचिवालय बैठकमा राखेपछि अध्यक्ष प्रचण्ड त्यसमा सहमति जनाएको समाचार बाहिर आएको थियो । दुई अध्यक्षबीच सहमति बनेमा पार्टीको आन्तरिक विवाद अन्त्य हुने विश्वाससाथ दुवैजना अध्यक्ष सहमतिको विभिन्न मोडलमा छलफल गरिरहेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #nekapa, #नेकपा

प्रतिक्रिया


ताजा अपडेट