Techie IT
×
गृहपृष्ठराजनीतिकांग्रेस सांसद सुवर्ण ज्वारचनले लिइन् शपथ

कांग्रेस सांसद सुवर्ण ज्वारचनले लिइन् शपथ


काठमाडौं, ४ साउन । नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचन पद तथा गोपनियताको शपथ लिएकी छन् । गुल्मीकी ज्वारचनलाई आइतबार सभामुख अग्नि सापकोटासमक्ष शपथ लिएकी हुन् ।

ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त स्थानमा कांग्रेसले ज्वारचनलाई सांसद बनाएको थियो । समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते निधन भएको थियो ।

सामानुपातिक तर्फको कुनै सांसदको निधन भएमा सोही सामावेशी समूहअन्तर्गत पार्टीले निर्वाचन अयोगमा बुझाएको बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति स्वतः सांसद बन्न पाउने व्यवस्था छ । 


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस