Techie IT
×
गृहपृष्ठराजनीतिकस्तो परिबन्दमा परेर शीतल निवास पुगे प्रचण्ड ?

कस्तो परिबन्दमा परेर शीतल निवास पुगे प्रचण्ड ?


काठमाडौं, ४ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चलिरहेको बेलामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा नेताहरु भेला भएका छन्। अध्यक्ष दाहालसहित सचिवालयको वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागि छन्।

यस्तै, स्थायी कमिटी सदस्यहरु छलफलमा रघुजी पन्त, भीम रावल, जनार्दन शर्मा, वर्षमान पुन, गोकर्ण विष्ट, मात्रिका यादव लागयतका नेताहरुको सहभागिता रहेको छ। छलफलका लागि गृहमन्त्री रामबहादुर थापालाई बोलाए पनि थापा उपस्थित नभएको नेकपा स्रोतले बताएको छ। शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखेपछि नेताहरु आन्तरिक छलफलमा जुटेका हुन्।
सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको प्रस्तावमा अध्यक्ष दाहालले समर्थन गरेका थिए। तर, दाहाल ओलीको प्रस्तावमा समर्थन जनाएपछि नेता नेपाल असन्तुष्ट बनेका छन्।

सोही विषयमा आन्तरिक छलफल गर्न आज डाकिएको स्थायी कमिटीको बैठक पनि पर्सि मंगलबार सम्मका लागि सारिएको एक स्थायी समिती सदस्यले बताए । आज खुमलटारमा भएको भेलामा नेताहरुले अध्यक्ष प्रचण्डलाई हिजो किन राष्ट्रपति निवास जानु भयो ? त्यहाँ के–के सहमति भयो ? भनि प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले आफु्लाई परिबन्दमा पारेर बदनाम गराउने उद्देश्यले शीतल निवास लगिएको बताएको खुमलटार श्रोतको दावि छ । प्रचण्डले त्यहाँ कुनै पनि सहमति नभएको स्पष्टिकरण दिएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #nekapa, #नेकपा


प्रतिक्रिया दिनुहोस