Techie IT
×
गृहपृष्ठराजनीतिनेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मलाई स्थगित

नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मलाई स्थगित


काठमाडौं, ४ साउन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनःस्थगित भएको छ।

आज बस्ने भनिएको बैठक साउन ६ गतेसम्मका लागि स्थगित भएको नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

आइतबार ३ बजेका लागि स्थायी कमिटी बैठक तय गरिएको थियो। के कारणले बैठक स्थगित गरिएको भन्ने विज्ञप्तिमा खुलाइएको छैन।
नेकपाभित्र प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताले स्थायी कमिटीमै राखेपछि विवाद छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #nekapa, #नेकपा


तपाईको प्रतिक्रिया दिनुहोस