Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

नेकपाको विवाद सहमति निकट


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद सहमति निकट पुगेको छ । निकै विवाद भएर फुट्ने अवस्थामा पुगेको नेकपाको आकस्मिक रुपमा आज बसेको सचिवालयको वैठक सकारात्मक दिशातिर मोडिएको छ ।

महाधिवेशनसम्म पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै रहने । अहिले अध्यक्षको बढी अधिकार अध्यक्ष प्रचण्डले प्रयोग गर्ने । मन्त्रीमण्डलमा सबै पक्ष मिलाएर पुनर्गठन गर्ने । प्रदेश सरकारको समेत पुनर्गठन गर्ने र एकाध मुख्यमन्त्री समेत फेर्नेबारेमा छलफल भएको समाचार छ ।

पार्टी कमिटीमा नमिलेका विषय पनि मिलाउन प्रयास गर्ने जनाइएको छ ।

पार्टी एकता बचाउने, राष्ट्रिय स्वाधीनता र परिवर्तनको अजेण्डालाई अगाडि बढाउनका लागि पार्टीभित्र र वाहिरका हितैषीको समेत दवावलाई ध्यानमा दिएर शीर्ष नेतृत्वहरु अझ खासगरी दुई अध्यक्षहरु केपी ओली र प्रचण्ड पुगेको समाचार स्रोतको दावी रहेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट