गृहपृष्ठ ∕
राजनीति ∕
ओली–प्रचण्ड–माधव वार्ता बिना निष्कर्ष टुंगियो, भोलिको बैठक नरोकिने
ओली–प्रचण्ड–माधव वार्ता बिना निष्कर्ष टुंगियो, भोलिको बैठक नरोकिने
काठमाडौं, १ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड, केपी ओली र माधव नेपालबीचीको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।
नेताहरुबीचको छलफल ठोस निष्कर्षमा नपुगेको बालुवाटार श्रोतले बतायो । भोलि शुक्रबारका लागि तय गरिएको पार्टीको स्थायी समिति बैठक भने नरोकिने जनाइएको छ । आजको बैठकमा नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिन्ु पर्ने माग गरेका छन् । तर ओली राजीनामा नदिने पक्षमा यथावत छन् ।
दुई अध्यक्षबीचको चरणबद्ध छलफल निष्कर्षमा पुग्न नसकेपछि आज माधव नेपालसहित वार्ता भएको हो ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking,
#nekapa,
#नेकपा