Techie IT
×
गृहपृष्ठराजनीतिदेशको सबैभन्दा बढी जनसंख्या मेरो साथमा छ : ओली

देशको सबैभन्दा बढी जनसंख्या मेरो साथमा छ : ओली


काठमाडौं, १० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सबैभन्दा बढी जनसंख्या आफ्नो साथमा रहेको बताएका छन्। आइतबार अखिल नेपाल महिला संघको सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै उनले एमाले परिपक्व राजनीतिक पार्टी भएको दाबी गरे।

उनले नाम नलिइ एक लेखकले ‘केपी ओलीका सुन्डमुसन्डहरुले घर अगाडि आएर चाख्लास्, पख्लास्’ भने रे भन्दै त्यस्तो अफवाह र वाहियात कुरा नगर्न सचेत गराए। ‘केपी ओलीको साथमा रहेको कुनै दुईचार जनाको झुन्ड होइन। देशको सबैभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ। देशको सबैभन्दा बढी जनसंख्या केपी ओलीको साथमा छ। अनि एउटा दुईटा कसले कविता न सविताका कविता भनेर लेख्छ, त्यसका पछाडि नेकपा एमाले कुद्छ ? नेकपा एमाले कुनै गुण्डा दल होइन। एउटा परिपक्व राजनीतिक पार्टी हो।’

उनले आफ्नो सरकार ढालेर माधव नेपाल पक्ष देशमा प्रतिगमन गराउन सफल भएको बताए। ‘अब देश धेरै अप्ठ्यारोमा परेको छ। यो प्रतिगमन सच्चिन सजिलो छैन। धेरै गम्भीर अवस्थामा प्रतिगमन गइसकेको छ। देश अप्ठ्यारो मोडमा पुगिसकेको छ’, उनले भने।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #kp oli

तपाईको प्रतिक्रिया दिनुहोस