ओली, प्रचण्ड र माधव नेपालको बैठक बालुवाटारमा सुरु
काठमाडौं, १ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद टुंगो लगाउन शीर्ष नेताहरु निर्णायक छलफलमा जुटेका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगै बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।
स्थायी कमिटीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल सहितका नेताहरुले प्रधानमन्त्रीले दुवै पद छाड्नुपर्ने प्रस्ताव राखेपछि बैठक अवरुद्ध छ ।
प्रचण्ड र माधव नेपाल पक्षले ओलीको राजीनामा मागेको छन् । ओलीले भने दुबै पद पछाड्ने अडान लिएका छन् ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking,
#नेकपा