Techie IT
×
गृहपृष्ठराजनीतिभीम रावललाई राजीनामा फिर्ता लिन ओलीको आग्रह

भीम रावललाई राजीनामा फिर्ता लिन ओलीको आग्रह


काठमाडौं, ५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताएका थिए ।

‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने । अझै पनि ​सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले भने । पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीको भनाई छ ।

‘भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए’, ओलीको भनाइ थियो ।

१० बुँदे सहमति माधव नेपालले स्वीकार नगरेको अध्यक्ष ओलीले बताए । एमाले नेता रावलले आइतबार सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #kp oli, #uml

तपाईको प्रतिक्रिया दिनुहोस