Techie IT
×
गृहपृष्ठबिचारओलीको सन्देश : बादल फाटेपछि घाम लाग्छ

ओलीको सन्देश : बादल फाटेपछि घाम लाग्छ


केपी ओली (केप्ली)ले सिंहदरबार छोड्ने बेलामा देशवासीका नाममा सम्बोधन गर्दै भने, ‘बादल फाटेपछि घाम लाग्छ ।’
दर्शकदीर्घामा बसेका नन्दीभृङ्गीले तालि पड्काए, ‘पर्र्र्–पर्र्र् ।’

‘बा’ ले जाँदाजाँदै विरोधीको अक्सिजन निकालेर कार्बनडाइअक्साइड फाले ।’ पूर्व वनमन्त्री आलेले तुरुन्तै प्रतिक्रिया दिए ।

छेउमै बसेका महेश बस्नेतले भने, ‘बा’ ले एक तीर तीन निशाना लगाएका हुन् । पहिलो निशाना बादल भन्ने भातखराउहरुलाई भनेका हुन् । दोस्रो सिधै छ, एमालेको चुनाउ चिनो सूर्जेबाट लडेर रुखको छाहारी खोज्ने माकुनेहरुलाई पानी छम्केका हुन् । तेस्रो, हाम्रो चुनाउ चिनो सूर्जेलाई बादलले एकछिन बाहेक दुइछिन छोप्न सक्तैन भनेका हुन् ।’

‘बा’ को महाबाणी उपर कृष्णगोपाल श्रेष्ठले थपे, ‘केपी ओली इज केपी ओली । कुन माइकालालले खोक्न सक्छ यस्तो महावाणी ?’

‘बा’ को बाणी उपर समिक्षा हुँदै गयो । यतिकैमा सुवास नेम्बाङले भने, ‘म ‘बा’ को बाणी उपर तीनसय प्रतिशत विश्वस्त छु । ‘बा’ ले जनादेशको अगाडि परमादेश केही होइन भनेका छन् । हुनतः मतादेशको अगाडि जनादेश पनि केही होइन । जनादेश एकातिर हुन्छ मतादेशले अर्कैलाई जिताई दिन्छ । तेसो भए त मतादेशको अगाडि जनादेश पनि केही होइन । तर, देशै देशको लफडामा अध्यादेश पनि आयो । विरोधीले अध्यादेशलाई विद्यादेश–सिद्यादेश पनि भने । परन्तु म कानूनको विद्यार्थी भएर परमादेशलाई मान्नु पर्ने हो । यद्दपी ‘बा’ प्रति म तीनसय प्रतिशत विश्वस्त भएकाले अध्यादेशलाई पगार्छु, मतादेशलाई धिक्कार्छुु जनादेशलाई स्वीकार्छु र परमादेशलाई नकार्छु ।’

कानूनची नेम्बाङ्को कुरो सुनिसकेपछि प्रदीप ज्ञवालीले थपे, ‘सुवासको कुरो हदै दर्जाको काईते, किर्ते, जाली त म भन्दिन तर यसको अन्तर्यमा जाँदा यसले पार्टी, क्रान्तिलाई सहयोग पनि पु¥याउने लक्षण दिन्छ जस्तो अलिक लाग्दैन की भन्ने कताकता मेरो अन्तरहृदयमा लागेको छ । यस्तो बाणीले पार्टी पङ्तीलाई सेण्टीफ्ल्याँट बनाउने सम्भावना धेरै हदसम्म हुने हो की भन्नेतर्फ सचेत रहनु पर्ने हो की जस्तो पनि लाग्छ ? यो कुरा पनि ‘बा’संग बालकोटमा बसेर बालचिरा छल गरेर फल निकाल्नु पर्ने हो की भन्ने मलाई लागिरा’छ ?’

ज्ञावालीको कुरा सुनेपछि ‘सोझो लिम्बू’को रिस आँखिभौंमा प्रस्टै झल्कियो । सुवासले भृकुटी खुम्च्याए, तिलचाम्ले जुँगा मुसारे र सिधै भने, ‘तिम्रो साहित्यले चैं खुबै खालो सा¥यो । मैले नै अनेक कानूनी डर, त्रास, धम्की देखाएर माकुनेको थाङ्ग्रामा चढेका पाँचभाई पञ्चहर्लाई सहमति गराएको हुँ । तिमी त तेतीबेला गोपालप्रसाद रिमालको कविता भनेर फकाउन मात्र खोज्थ्यौ । अनेक दर्शन जानेका माकुनेकृत भाइहरुले तिम्रो कुरा त पानीमा छारो उडाए जस्तै भएको थियो । कहाँ खराखरी खस्रो कुरा गरेर सहमतिमा ल्याउनु पर्ने रुन्चे साहित्य फलाकेर टाइम पास मात्रै ग¥यौ ।’

यता स्टेजबाट बसीबसी बाणी फलाक्दै गरेका केप्ली एक्कासी भक्कानिए । रुमाल झिकेर चस्मा निकाल्दै आँशु पुछ्न थाले । नाकबाट निस्केको सिँगान पुछे । सबैले स्टेजतिर आँखा तन्काए । पिएसओले हात समाएर केप्लीलाई उठाएर गाडीमा बसाए । महेश बस्नेत माइतीघर मण्डला तिर लागे । अरु आ–आफ्नो दर्गदिशा तिर हान्निए ।

 


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking, #kp oli

तपाईको प्रतिक्रिया दिनुहोस