Techie IT
×
गृहपृष्ठराजनीतिबालुवाटारमा प्रचण्ड–ओली वान–टु–वान वार्ता

बालुवाटारमा प्रचण्ड–ओली वान–टु–वान वार्ता


काठमाडौँ, ३२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच कायमै रहेको पार्टीको आन्तरिक विवाद सल्टाउन दुवै अध्यक्ष आज पनि जुटेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो १२ बजे बालुवाटार पुुगेका हुन् । चितवनबाट फर्किएपछि अध्यक्ष दाहाल मङ्गलबार पनि वार्ताका लागि बालुवाटार पुगेका थिए । तर उनीहरूबीच सामान्य कुराकानी मात्र भएको थियो ।

आज विषयवस्तुमा केन्द्रित भएर छलफल हुने प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटाले बताए । साउन २ गते ११ बजे बस्न लागेको नेकपा स्थायी कमिटी बैठक अघि दुई अध्यक्षबीच सहमति भइसक्ने नेताहरूले विश्वास गरेका छन् । सोहीअनुसार अध्यक्षद्वय वार्ता र संवादलाई निरन्तरता दिएका छन्। प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंकाअनुसार दुवै अध्यक्षबीच दिउँसो १२ बजेदेखि बालुवाटारमा एक्लाएक्लै वार्ता भइरहेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस