Techie IT
×
गृहपृष्ठराजनीतिशुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा माधव पक्ष सहभागी नहुने

शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा माधव पक्ष सहभागी नहुने


काठमाडौं, १७ असार । नेकपा एमालेको माधव कुमार नेपाल पक्ष शुक्रबार बोलाइएको पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी भंग गरी साबिकको केन्द्रीय कमिटी मै फर्किने निर्णय गराएका छन्। माओवादी केन्द्रसँग एकीकरण गर्नु अगाडि (२०७५ जेठ २)मा कायम केन्द्रीय कमिटीको बैठक शुक्रबार बोलाइएको छ।

तर, नेपाल पक्षले भने अहिलेकै अवस्थामा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा जान नसकिने निर्णय गरेको हो। बिहीबार बानेश्वरमा बसेको नेपाल पक्षको बैठकले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको हो।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #madhav nepal, #uml


तपाईको प्रतिक्रिया दिनुहोस