Techie IT
×
गृहपृष्ठराजनीतिनेपाली कांग्रेस प्रचण्डपथमा हिँड्यो : ओली

नेपाली कांग्रेस प्रचण्डपथमा हिँड्यो : ओली


काठमाण्डौ, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको टिप्पणी गरेका छन् ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा सोमवार काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको बताएका हुन्। उनले कांग्रेसका नेताहरू नाथुराम गोड्से खोजी गर्ने र फेला नपरे नाथुराम गोड्से आफैँ हुने तहमा पुगेको दाबी गरे ।

अहिले प्रचण्डपथ सुप्रिम कोटमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरू किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन् र पो काटिँदा रहेछन् । अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमा नै भने । नेपाली कांग्रेसका कार्यकर्ताले नाथुराम गोड्से मै बन्छु भने ।

कांग्रेस प्रचण्डपथमा हिँडेपछि प्रचण्डपथको छाया न्यायालयमा पनि परेको दाबी प्रधानमन्त्री ओलीले गरे । उनले भने, नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेपछि, नेपाली कांग्रेसका नेताहरू नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने नाथुराम गोड्से आफैँ हुने तहमा पुगेको भनेको प्रचण्डपथ नै अँगालेको हो । उसै त अराजनीतिक अस्थिरताको खेती । देश कता जान्छ भन्ने मतलब छैन । त्यो कुरामा पुग्नु भनेको स्वाभाविक रूपमा प्रचण्डपथ नै अँगालेको हो । प्रचण्डपथ यति व्याप्त भइसक्यो । नेपाली कांग्रेसले अँगालेपछि, त्यसलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएपछि अहिले प्रचण्डपथ सुप्रिम कोटमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरू किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन् र पो काटिँदा रहेछन् । अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमा नै भने । नेपाली कांग्रेसका कार्यकर्ताले नाथुराम गोड्से मै बन्छु भने ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतभित्रै हिंसालाई दुरुत्साहन गर्ने काम भइरहँदा पनि मौन बसेको भनी सर्वोच्च अदालतका न्यायाधीशको भूमिकाप्रति असन्तुष्टि जनाए। उनले भने, आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । यस्तो हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नु हुन्न अथवा विद्वान अभिवक्ताज्यूहरू तपाईँहरूले आफ्नो वक्तव्य सम्हालेर राख्नुहोस् भनेर के न्यायमूर्तिहरूले सुझाव पनि राख्न सक्नु हुँदैन ?


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस