Techie IT
×
गृहपृष्ठराजनीतिविपक्षी गठबन्धनका नेताहरु विभिन्न पेशाकर्मीसँग अन्तरक्रिया गर्दै

विपक्षी गठबन्धनका नेताहरु विभिन्न पेशाकर्मीसँग अन्तरक्रिया गर्दै


काठमाडौं– विपक्षी गठबन्धनका शीर्ष नेताले आज (सोमबार) विभिन्न पेशाकर्मीसँग अन्तरक्रिया गर्ने भएका छन्।

गठबन्धनका नेताहरुले संघीय संसद भवनको ल्होत्से हलमा डाक्टर, इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्तासँग छलफल तथा अन्तरक्रिया गर्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कार्यक्रम दिउँसो २ बजे सुरु हुने शर्माले जानकारी दिए।

अन्तरक्रिया कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत नेताको सहभागी हुनेछन्।

विपक्षी गठबन्धनका शीर्ष नेताले यसअघि विभिन्न व्यक्तिसँग अन्तरक्रिया गरिसकेका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #gathbandan, #hot


तपाईको प्रतिक्रिया दिनुहोस