सांसद मातृका यादवद्वारा कमला नदी कटानको निरीक्षण
काठमाडौं २९ असार । पूर्व मन्त्री तथा सत्तारुढ नेकपाका सांसद मातृका प्रासाद यादवले कमला नदी तटबन्धको निरीक्षण गरेका छन् ।
पानीको बहाब र सतह दिनानुदिन बढी रहेको तथा नदीले तटीय कटान सुरु गरिसकेको हुनाले नदी किनारका बस्तीहरू डुबानको उच्च जोखिममा रहेको उनले बताए । सरकारले कटान रोक्न आवश्यक पहल नगरेको भन्दै संसाद यादवले नदी नियन्त्रण गर्न आवश्यक बजेट निकासा गर्न पनि माग गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘नदी नियन्त्रण कार्यालयका कर्मचारीका अनुसार गत साल नदी नियन्त्रण सम्बन्धी भएका कामहरूको भुक्तानि पनि भएको छैन । सरकारले कुरा गर्ने तर काम गर्दै नगर्ने प्रवृत्तिको यो नमूना उदाहरण हो ।’
उनले सम्बन्धित नदी नियन्त्रण कार्यालयलाई पूर्ण क्षमतामा कटान रोक्न निर्देशित गर्दै स्थानीयहरूसँग छलफल गरि उच्च सतर्कता । अपनाउन अपिल गरेका छन् ।

क्याटेगोरी :
राजनीति