कांग्रेस पौडेल समूहको भेला : ‘सहमतिमै सभापतिको उम्मेदवार’

काठमाण्डौ । सभापतिको उम्मेदवार सहमतिमै हुनुपर्ने पौडेल समूहको भनाई रहेको छ । नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिएसँगै नेताहरूले आ–आफ्नो समूहको भेला तथा बैठकलाई तीव्रता दिएसँगै पौडेल समूहले भने आफ्नो समूहबाट सहमतिमै सभापतिको उमेद्वार तय गर्ने बताउँदै आएको छ ।
शुक्रवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला काठमाण्डौको एक पार्टी प्यालेसमा भएको छ । भेलामा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशाङ्क कोइराला, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसीलगायत केन्द्रीय कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो ।
भेलाले कांग्रेसको १४ औँ महाधिवेशनको सम्बन्धमा क्रियाशील सदस्यता छानबिन गरी छिट्टै टुङ्गो लगाउनुपर्नेमा जोड दिएको तथा सहमतिको उम्मेदवार छान्नका लागि ढिला गर्न नहुने सुझाव आएको नेता प्रकाशमान सिंहले बताए ।
नेता अर्जुननरसिंह केसीले एकता कायम गरेर उम्मेदवार टुङ्गो लगाउनुपर्ने र जस्तो खालको परिस्थिति आए पनि सहमति निर्माण गर्नुपर्ने छलफलको अन्तिम निष्कर्ष रहेको बताए ।
आफ्नो समूहको तर्फबाट कसले सभापतिको उम्मेदवारी दिने भन्ने विषयमा छलफलबाट निर्णय गरिने उनको भनाइ छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #hot, #nepali congress
प्रतिक्रिया