Techie IT
×
गृहपृष्ठराजनीतिदेउवाबिरुद्ध मोर्चाबन्दी कस्न पौडेलले बोलाए भेला

देउवाबिरुद्ध मोर्चाबन्दी कस्न पौडेलले बोलाए भेला


काठमाडौं, ११ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा आफ्नो पक्षबाट कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक डाकेका छन्। आज दिउँसो काठमाडौंमा उपलब्ध आफू पक्षका नेताहरुलाई पौडेलले छलफलमा डाकेका हुन्।

१४ औं महाधिवेशनको संघारमा रहेको बेला पौडेलले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ। बैठक अनौपचारिक रहेको र महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ। महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए। ुआज रामचन्द्र दाइले बैठक बोलाउनु भएको छ। महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुन्छ होला,ु पाण्डेले भने।

बैठकमा महाधिवेशनका लागि योजनासमेत बन्न सक्ने उनको भनाई छ। यसैगरी पौडेलले आफ्नो पक्षबाट सभापतिको उम्मेद्वार टुंगो लगाउन समेत बैठक डाकेको हुनसक्ने बताइएको छ। संस्थापनइतर पक्षबाट नेता पौडेलबाहेक महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइरालालगायतले सभापतिमा दाबी प्रस्तुत गरेका छन्।

सभापति देउवाले नेतृत्वमा पुन दोहिरिने संकेत दिइसकेका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #congress, #ramchandra paudel


तपाईको प्रतिक्रिया दिनुहोस