Techie IT
×
गृहपृष्ठराजनीतिटोपबहादुर रायमाझी बाबुराम भट्टराईलाई नेतृत्व गर्न फकाउँदै, माओवादीले कार्वाही गरेका यी स्थानीय प्रतिनिधि

टोपबहादुर रायमाझी बाबुराम भट्टराईलाई नेतृत्व गर्न फकाउँदै, माओवादीले कार्वाही गरेका यी स्थानीय प्रतिनिधि


नारान कुमार उपाध्याय
काठमाडौं । ‘चोक्टा खान पुगेकी झोलमा डुबेर मरी’ भन्ने उखान नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधिहरुलाई भएको छ । यसैले उनीहरु छटपटिएका छन् र अण्टसण्ट बोल्ने र बर्बराउने गरिरहेका छन् ।

केही महिना मन्त्री बन्नका लागि आफ्ना अजेण्डा बिसाएर केपी ओलीको क्याम्पमा गएका टोपबहादुर रायमाझी र प्रभु साह त आफूहरु माओवादी केन्द्रले कार्वाही गरेको या नगरेको भन्दै निर्वाचन आयोगमा आफ्नो अवस्था बुझ्न गएको र माओवादी केन्द्रमा नै फर्कनका लागि के गर्नुपर्छ भनेर आयोगका पदाधिकारीसँग छलफल गरेको कुरा सार्वजनिक भइसकेको छ । उनीहरुले माओवादी केन्द्रका केही नेताहरुसँग आफूहरु माओवादी केन्द्रमा नै आउन चाहेको भन्दै अनौपचारिक छलफल पनि गरेको माओवादीमा चर्चा चलेको हो ।

केपी ओलीले पछिल्लो मन्त्रीमण्डलमा नैनकला थापा र ज्वाला साहलाई आफूहरुलाई नसोधी बनाएको भन्दै रायमाझी र साह असन्तुस्ट रहेका थिए । यसै कारण उनीहरु माओवादी केन्द्रमा प्रवेश गर्ने चाहना राखे । उनीहरुको अनावश्यक चलखेल बढेपछि र आयाराम गयाराम अवसरवादी प्रवृत्ति मौलाउने देखेर माओवादी केन्द्रले आग्लो लगाइदिएपछि टोपबहादुर र प्रभु साह निकै उत्तेजित भएका छन् । साहले त निकै आक्रासित भएर माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड नै अवैध भएको हाँस्यास्पद तर्क गरे भने रायमाझीले माओवादी केन्द्रमा आफूहरुलाई आग्लो लगाएपछि बाबुरामलाई उपेन्द्र यादवबाट अलग भएमा आफूहरुले काँध थाप्ने अन्यथा आफैं नेता बन्ने भन्दै आफ्ना निकटसँग भन्न थालेका छन् ।

‘टोबहादुर रायमाझी पनि कहाँ चानचुने नेता हो यार ! उप प्रधानमन्त्री भइसकेको, सानै भए पनि विद्यार्थीको अध्यक्ष चलाइसकेको पो त ! टोपबहादुर टुप्पीबाट तानेर, निगाहले नेता बनेको हो र गाँठे ! अनि टोपबहादुर आफैं पार्टी चलाउन किन नसक्ने ?’ टोपबहादुरको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले बतायो । एक समय माओवादीभित्र रायमाझी र साह दुवै जनाले बाबुरामलाई साथ दिएका हुन । बाबुरामको पक्षमा लाग्दा सांसद पद जान्छ भनेर उनीहरुले बाबुरामलाई साथ दिएनन् । अहिले ओलीलाई साथ दिंदा सांसद पद गुमेको छ । दुवै आफ्नो हितका लागि जे सुकै पनि गर्ने प्रवृत्तिका नेता हुन ।

‘भिक्षु हुँदासम्म घण्टी हल्लाउने जोगी बन्नका लागि होइन राजनीति, बाबुराम भट्टराईलाई छाडेर प्रचण्ड र केपीलाई आदर्श, सिद्दान्तनिष्ठ नेता भनेर पछि लागेको हामी होइनौं, हामीले यिनीहरुलाई उपयोग गरेको हो, एक ढंगले सम्झौता गरेको हो, अब उनीहरुबाट हामी उपयोग भइरहन सक्दैनौं, झन् ओली जस्ताको त किन पछि लाग्ने ?’ रायमाझीको भनाइ उद्धृत गर्दै सोही स्रोतले भन्यो ।

एमालेको तदर्थ समितिले गरेको कार्वाही मान्य हुँदैन भनेर कर्णाली प्रदेशका सांसदलाई गरेको अदालती निर्णयको आधारमा टेकेर साहले माओवादी केन्द्र र अध्यक्ष प्रचण्डलाई नै अवैध करार गरेर आफ्नो सांसद र आफ्नो श्रीमतीको मेयर पद जोगाउने जुक्ति निकालेको उनी निकट व्यक्तिहरुले रौतहटमा चर्चा गरिरहेका छन् । मन्त्री हुँदा र काठमाडौंबाट जे मूल्यांकन गरियो फिल्डमा आउँदा प्रभु आत्तिएको पनि सो स्रोतको दावी छ । यथास्थितिमा सत्ताको आड हुँदैन भने प्रभुले आफ्नो क्षेत्रमा निर्वाचन भएमा जमानत जोगाउन पनि मुश्किल भएको सो स्रोतको दावी छ ।

निर्वाचन आयोगले आज नै सार्वजनिक सूचना जारी गर्दै माओवादीबाट स्थानीय तहका कार्वाहीमा परेका जनप्रतिनिधिहरु, जसमा प्रभु साहको श्रीमती पनि रहेकी छिन्,


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस