Techie IT
×
गृहपृष्ठराजनीतिमन्त्रीहरुको जिम्मेवारी बाँडफाँड

मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड


प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयको जिम्मेवारी कायम चार मन्त्रीलाई नै दिएका छन् ।

प्रधानमन्त्री ओलीले परराष्ट्र र रक्षा मन्त्रालय आफैँसँग राखेर अन्य मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीलाई दिएका छन् ।

उपप्रधानमन्त्री बिष्णु पौडेलले अर्थ र गृहसहित पाँच मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

पौडेललाई गृहसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मा दिइएको छ ।

कृष्णगोपाल श्रेष्ठलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, वन तथा वातावरणस युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस