Techie IT
×
गृहपृष्ठराजनीतिम र केपी कसरी उस्तै : प्रचण्ड

म र केपी कसरी उस्तै : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धन चुनावसम्म र त्यो भन्दा पनि पछिसम्म नै टिकाउनका लागि सैद्धान्तिक सहमति भएको बताए।

‘गठबन्धनको सैद्धान्तिक पक्षमा धेरै छलफल गरेका छौं, यो गठबन्धन लामो समयसम्म टिकाउनका लागि छलफल गरिरहेका छौ’ उनले भने, ‘हामीले लोकतन्त्रका रक्षा गर्नुपर्छ भन्ने प्रिन्सिपलका आधारमा राष्ट्रियताको रक्षाका लागि हामीले गठबन्धन बनाएका हौं।’

केपी ओलीले बयलगाडाको सिद्धान्त प्रतिपादन गर्दा माधव नेपाल गणतन्त्रका लागि संघर्ष गरिरहेकाले नेपालसँग आफ्नो सहकार्य भइरहेको प्रचण्डले बताए। उनले गठबन्धन प्रधानमन्त्री पदका लागि नभएको भन्दै आफूले पाँच वर्षका लागि पाएको प्रधानमन्त्री छाडेको स्पष्ट पारे ।

‘पाएको प्रधानमन्त्री छाडेको छु। मैले ५ वर्षकै लागि प्रधानमन्त्री पाउनेवाला थिए। कुर्सिको निम्ति जे पनि गर्ने ओली र म उस्तै उस्तै भए त’, उनले भने।

उनले आफू र प्रधानमन्त्री केपी शर्मा ओली उस्तै नभएको बताउँदै भने, ‘प्रधानमन्त्री केपी ओली र हामी उस्तै उस्तै हौ तरु सजिलै प्रधानमन्त्री छोडदिने म र प्रधानमन्त्री छोड्नुपरे म जे पनि गरिदिने केपी ओली उस्तै उस्तै हौ त ?’


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस