Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमनन्त्री ओलीको अहंकारका कारण संविधान धरापमा : देउवा

प्रधानमनन्त्री ओलीको अहंकारका कारण संविधान धरापमा : देउवा


काठमाडौं, १० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमनन्त्री केपी शर्मा ओलीको अहंकारका कारण संविधान धरापमा परेको बताएका छन्। कांगेससहित ५ दलीय विपक्षी गठबन्धनले आयोजना गरेको सम्पादकहरूको छलफलमा उनले यस्तो बताएका हुन्।

सभापति देउवाले ओलीले अध्यादेशबाटै शासन चलाउन खोजेको आरोप समेत लगाए। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको गठबन्धनले असंवैधानिक रूपमा संसद् विघटन भएको उनको भनाइ थियो।

कोरोना महामारीमा व्यस्थापनमा सरकारले तदारुकताका साथ काम नगरेको उनको भनाइ छ । यस्तै बाढीपहिरोका पीडितलाई राहतसमेत समयमा प्रदान गर्न नसकिएको उनको भनाइ छ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस