Techie IT
×
गृहपृष्ठराजनीतिजसपाको संसदीय दलको बैठक बस्दै

जसपाको संसदीय दलको बैठक बस्दै


काठमाडौं, १० असार । जनता समाजवादी पार्टीको संसदीय दलको बैठक दिउँसो १ बजे बस्दैछ । जसपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा नेताहरुबीचमा पार्टीको समसामयिक तथा राजनीतिक विषयमा अनौपचारिक छलफल हुन लागेको जसपा नेता केशब झाले जानकारी दिए ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपासँगको सहकार्यमा मन्त्रीमण्डल विस्तार गरेका थिए तर असार ८ गतेको सर्वोच्च अदालतले प्रधानमन्त्री ओली सरकारले गरेको मन्त्रीमण्डल विस्तारको कार्य तत्काल कार्यान्वयन नगर्न भन्दै नवनियुक्त २० मन्त्रीलाई पदमुक्त गरेको थियो ।

यस्तै आज हुन गइरहेको छलफल बारे जानकारी दिँदै जसपा नेता केशव झाले पनि आज पछिल्लो राजनीतिक अवस्थाबारे अनौपचारिक र सामान्य छलफल हुने जानकारी दिएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #jasapa


तपाईको प्रतिक्रिया दिनुहोस