Techie IT
×
गृहपृष्ठराजनीतिनिर्वाचन आयोगमा माधव नेपाल निकट जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता

निर्वाचन आयोगमा माधव नेपाल निकट जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता


काठमाडौँ, ९ असार । निर्वाचन आयोगमा नेकपा (एकीकृत) दर्ता भएको छ ।

एमालेको माधवकुमार नेपाल समूह निकट नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता भएको हो । आयोगको ३० जेठमा बसेको बैठकको निर्णय अनुसार बुधबार राईले दल दर्ताको प्रमाणपत्र बुझेका छन् ।

राईका अनुसार नेकपा (एकीकृत) को चुनाव चिन्ह कलम रहेको छ । उनले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका थिए । यद्यपी राईले नेताहरुको सल्लाहमा नभई आफ्नो हिसाबले दल दर्ता गरेको दाबी गरे । ‘नेताहरुसँगको सल्लाहमा दल दर्ता भएको हैन । यसबारे उहाँहरुलाई जानकारी थिएन । दर्ता भईसकेपछि उहाँहरुले पनि थाहा पाउनु भयो होला,’ उनले भने ।

सो पार्टीको उपाध्यक्ष कल्पना गुरुङ र महासचिव विनोद खुलाल रहेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #nekapa


तपाईको प्रतिक्रिया दिनुहोस