Techie IT
×
गृहपृष्ठराजनीतिराप्रपा छोडेका सुनिल थापासहित ५५ जना काँग्रेसको महासमिती सदस्य

राप्रपा छोडेका सुनिल थापासहित ५५ जना काँग्रेसको महासमिती सदस्य


काठमाडौं, ८ असार । नेपाली काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट काँग्रेस प्रवेश गरेका सुनिलबहादुर थापा समूहका ५५ जनालाई काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको लागि महासमिती सदस्यमा समायोजन गरेको छ ।

मंगलबार काँग्रेस केन्द्रीय कार्यालयले एक पत्रमार्फत काँग्रेसका सह–महामन्त्री थापालाई पार्टी समायोजनको निर्णय जानकारी सम्बन्धमा पत्र लेख्दै सो जानकारी गराएको हो ।

काँग्रेस केन्द्रीय कार्यालयले सह–महामन्त्री थापासहित राप्रपाबाट काँग्रेस प्रवेश गरेका केन्द्र र जिल्ला तहका नेताहरुलाई महासमिती सदस्यमा नियुक्ति गर्ने निर्णय पहिले नै गरिएपनि पार्टी केन्द्रीय कार्यालयले मंगलबार पत्र लेखेको थापाले बताए । थापा समूहबाट समायोजनका लागि सहमति भएबमोजिम काँग्रेसले यो निर्णय गरेको थियो ।

काँग्रेसको १४ औ केन्द्रीय महाधिवेशनको सन्दर्भमा पार्टीमा छलफल गर्दै काँग्रेसलाई थप मजबुत बनाउदै अघि बढ्ने तयारी रहेको थापाले बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस