माओवादी केन्द्रले गर्यो पार्टी छाडेकालाई कारबाही

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छाडेकालाई केन्द्रीय कमिटीको बैठकमार्फत साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ । माओवादी केन्द्रको
केन्द्रीय समितिको आज बसेको भर्चुअल बैठकले पार्टी छाडेकालाई कारबाही गर्ने निर्णय गरेको हो ।
यसरी पार्टी छाड्नेमा माओवादी केन्द्रका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु शाह लगायत १७ केन्द्रीय सदस्य छन् । सर्वाेच्च अदालतको फागुन २३ गतेको निर्णय माओवादी केन्द्र र एमालेलाई व्युताउँदै २०७५ जेठ ३ गते अघिको अवस्थामा फर्कादिएपछि ती नेताहरुले नेकपा एमालेलाई रोजेर बसेका छन् ।
उनीहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कारबाही गरेको विषयालाई निर्वाचन आयोगले अटेर गरी बसेको भन्दै निर्वाचन आयोग हेर्ने जिम्मा पाएका लिलामणी पोखरेल सहितका नेताहरु हिजो आयोग पुगी यस सम्बन्धमा बुझेका थिए ।
आज केन्द्रीय कमिटीको बैठक बसेर माओवादी केन्द्र छोडी एमाले प्रवेश गरेका नेताहरुलाई पार्टीैको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको हो ।
त्यस्तै प्रदेशस्तरमा पनि जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई पनि पार्टीको संसदीय दलले कारवाही गरी पद रिक्त गरे पनि एमालेको सरकारले मन्त्रीमा नियुक्त गरेको छ ।
क्याटेगोरी : Breaking, राजनीति
ट्याग : #breaking
प्रतिक्रिया