Techie IT
×
गृहपृष्ठBreakingलुम्बिनीमा विपक्षीले गरे बजेटमाथिको छलफल बहिष्कार

लुम्बिनीमा विपक्षीले गरे बजेटमाथिको छलफल बहिष्कार


बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले बजेटमाथिकाृ छलफलमा भाग नलिने भन्दै प्रदेशसभा बैठक बहिष्कार गरेको छ । अल्पमतले ल्याएको बजेट छलफल आवश्यक नभएको भन्दै विपक्षीले वैठक बहिष्कार गरेका हुन्।

लुम्बिनीमा सरकारको वैधतामाथि विपक्षी गठबन्धनले लगातार प्रश्न उठाइरहे पनि मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने हिम्मत गरेका छैनन । विपक्षीले बहिष्कार गरेपछि प्रदेशसभा बैठक सभामुख पूर्णबहादुर घर्ती मगरले केही समयका लागि स्थगित गरेका छन् ।

प्रदेशसभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्रप्रसाद कनौडियाले अल्पमतको सरकारले ल्याएको बजेटको स्वामित्व प्रदेश सभाले लिने कि नलिने भन्ने प्रश्न उठेको बताए ।

उनले पहिले सरकारले आफ्नो वैधानिकता प्रस्तुत गर्नुपर्ने उल्लेख गरे ।

मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परे पनि अनैतिक ढंगले पदमा टिकिरहेका छन् । उनले वैशाख १९ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएका दिए । राजीनामा लगत्तै एकल बहुमतको सरकार गठनका लागि ४१ सदस्यीय सांसदको समर्थन रहेको दावी प्रदेश प्रमुख समक्ष प्रस्तुत गरेका थिए ।

त्यसलगत्तै प्रदेशसभा सदस्य विमला केसीले आफू माओवादीतिर लागेको खुलासा भएको थियो । सोपछि उनी पुनः मुख्यमन्त्री बन्न सकस रहेको विश्लेषण हुँदै आएका अवस्थामा उनलाई प्रदेश प्रमुखले जबर्जजस्ती फास्टट्रयाकबाट मुख्यमन्त्री नियुक्त गरेका थिए। विपक्षी गठबन्धनले प्रदेश प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई पनि बहिस्कार गरेका थिए ।

विपक्षी गठबन्धनले शंकर पोखरेललाई एक पटक प्रदेश सभाबाट आफूलाई परीक्षण गर्नुहोस भन्दै निरन्तर दवाव दिइरहेपनि उनले टेरेका छैनन् । मुख्यमन्त्री पोखरेल आफूलाई ४५ सदस्यको समर्थन रहेको दावि गर्दै आएका छन् ।

 


क्याटेगोरी : Breaking, राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस