Techie IT
×
गृहपृष्ठराजनीतिबाबुराम र उपेन्द्र निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकतामा दाबी पेश

बाबुराम र उपेन्द्र निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकतामा दाबी पेश


काठमाडौं, ४ साउन । पार्टीको आधिकारिकताका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा दाबी पेश गरेको छ।

सो समूहले बहुमत सदस्यहरुको हस्ताक्षरसहित शुक्रबार दिउँसो आयोगमा दाबी पेश गरेको हो। ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेको जसपाको यो समूहले ३० जनाको हस्ताक्षरसहित आधिकारिकता दाबी पेश गरेको बुझिएको छ। पार्टीको नाम, चुनाव चिह्न, छाप र निर्णयको आधिकारिकताका लागि दाबी गरिएको बुझिएको छ।

निर्वाचन आयोगमा अध्यक्ष उपेन्द्र यादव, अशोककुमार राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतका नेताहरु पुगेका थिए। बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो।

यसअघि दुवै पक्षले एक अर्कालाई कारबाही गर्दै विवरण अद्यावधिकका लागि निवेदन दिए पनि आयोगले दुवै पक्षका दाबी खारेज गर्दै महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नै आधिकारिक भएको निर्णय गरेको थियो।


क्याटेगोरी : राजनीति
ट्याग : #baburam, #hot, #jasapa, #upendra


तपाईको प्रतिक्रिया दिनुहोस