राम्रो काम गरेपछि विश्वासको मत दिने: गुरुङ
पोखरा । गण्डकी प्रदेशका निर्वमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई अहिले नै विश्वासको मत दिन नसकिने बताएका छन् ।
गुरुङले राम्रो काम गरे पछि विश्वासको मत दिन सकिने पनि बताएका छन् । अहिले प्रदेश संघकै स्रोतमा भर पर्न परेको बताउँदै संघीयतालाई बलियो बनाउन आफूले असाध्यै प्रयत्न गरेको तर आफूले बोलेको कुराको त्यति सुनुवाई नभएको पनि बताएका छन् ।
गुरुङले संघीयतालाई बलियो बनाउने कुरा उठेर बोले हावाले उठाउने र बसेर बोले कसैले नसुन्ने अवस्था रहेको र यो अवस्था भोलि शेरबहादुर देउवा, प्रचण्ड वा केपी शर्मा ओली जो भए पनि उस्तै रहने बताएका छन् ।
निवर्तमान मुख्यमन्त्री गुरुङ्गले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मतसम्बन्धी गरेको प्रस्तावको छलफलमा भाग लिंदै उनले सो कुरा बताएका हुन् ।
क्याटेगोरी :
राजनीति
ट्याग : #hot