Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

खनालको स्वास्थ्यमा सुधार


काठमाडौं, ४ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उनको सचिवालयले जानकारी गराएको छ । लामो समयदेखिको उनलाई ज्वरो आउने समस्या हटेको छ ।

सचिवालयका सदस्य चन्द्र लामाकाअनुसार आजबाट नेता खनालको श्वास प्रश्वासको समस्यामा पनि सुधार आएको छ । नेता खनालका छोरा निर्भिक खनाल चित्रकारले दिएको जानकारीअनुसार उनको स्वास्थ्यमा हिजोभन्दा आज थप सुधार भएको छ ।

रगतमा देखिएको हेमोग्लोविनको कमीलाई सामान्य अवस्थामा फर्काउने चिकित्सकहरुले प्रयास गरिरहेको सचिवालयले जनाएको छ । नेता खनाललाई कोभिड संक्रमण भई ठीक भएपनि ‘पोष्ट कोभिड’ भएको हो कि भन्ने आशंका गरिए पनि त्यो अवस्था नभएको चिकित्सकले बताएको पनि सचिवालयको भनाई छ ।

तीन दिन थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराई उनलाई थप उपचारका लागि असार २ गते बुधबार दिल्लीस्थित अपोलो अस्पताल लगिएको थियो । नेता खनालसँग चिकित्सक डा. सुदीप अमात्य, श्रीमती र छोरा दिल्लीमा रहेका छन् ।

नेता खनालको स्वास्थ्यअवस्था बिग्रेपछि पार्टी पङ्ति, कार्यकर्ता, शुभेच्छुकहरुले सामाजिक सञ्जाल मार्फत स्वास्थ्यलाभको कामना गरिरहेका छन् । पूर्व प्रधानमन्त्री खनालको स्वास्थ्य उपचार खर्च सरकारले व्यहोर्ने बताएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


ताजा अपडेट