Techie IT
×
गृहपृष्ठराजनीतिकांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै


काठमाडौं, असार ३ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समितीको बैठक दिउँसो २ बजे बस्दैछ । बिहीबार काँग्रेसको पार्टी कार्यालय सानेपामा सो बैठक बस्न लागेको काँग्रेसका सचेतक पुष्पा भुषालले बताइन्। बैठकमा काँग्रेसको आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुन गइरहेको १४ औं महाधिवेशनबारे छलफल केन्द्रित रहनेछ ।

यसअघि भदौं २६ गते काँगेस सभापति शेरबहादुर देउवाले आगामी भदौभित्रमा जुनै पनि हालतमा १४ औं महाधिवेशन सम्पन्न गरिने प्रतिबद्धता एक प्रेस विज्ञप्तिमार्फत व्यक्त गरेका थिए । यससँगै काँग्रेसको १४ औं महाधिवेशनको मिति आगामी भदौ ७ देखि १० गतेसम्मको लागि तय भए पनि जेठ २९ गते बसेको काँग्रेसको पदाधिकारी बैठकले महाधिवेशनको मिति केही दिन पछाडि सार्ने निर्णय गरेको हो ।

यसअघि पनि काँग्रसको महाधिवेशनको मिती सर्दै आएको छ । तर यसपटक विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ महामारीको बीचमै पनि काँग्रेसले १४ औं महाधिवेशनलाई पार्टीको महायज्ञको रुपमा लिइएका कारण जसरी पनि सम्पन्न गरिने काँग्रेस सभापति देउवाको प्रेस विज्ञप्तिमा उल्लेख गरिसकिएको छ । महाधिवेशनको मिति तय भएसँगै काँग्रेसमा पदाधिकारी एवम् उम्मेदवारहरुमा सरगर्मी पनि बढ्दै गएको छ ।

यही अवस्थामा काँग्रेसले १४ औं महाधिवेशनको तयारी स्वरुप केन्द्रीय कार्य समितिको बैठक बस्दैछ ।


क्याटेगोरी : राजनीति
ट्याग : #congress


तपाईको प्रतिक्रिया दिनुहोस