Techie IT
×
गृहपृष्ठराजनीतिविषयलाई अतिरञ्जना गर्ने वानी नछुटेका यी गैरजिम्मेवार मन्त्री

विषयलाई अतिरञ्जना गर्ने वानी नछुटेका यी गैरजिम्मेवार मन्त्री


विषयलाई अतिरञ्जना गर्ने वानी स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको फेरि पनि नगएको देखियो । कानुन न्याय तथा संसदीय मन्त्री हुँदा यताबाट बंगलादेशमा पढ्न जाने महिला विद्यार्थीले बेश्यावृत्ति गर्छन भनेपछि उनलाई मन्त्रीबाट हटाइएको थियो । मन्त्रीबाट हटेपछि उनी र उनकी श्रीमती उषाकला राई गाँजा खेती नेपालमा वैधानिकता दिनुपर्छ भनेर विज्ञको तर्क र आधार विना अभियान नै चलाए । माधव नेपालको पक्षमा लागेर केपी ओलीका विरुद्ध सक्रिय भए । श्रीमतीलाई प्रदेश १ मा मन्त्री बनाएपछि उनी र श्रीमती ओली गुटमा लागे । केही समयपछि अहिले अल्पमतमा परेपछि ओलीले म्यादी मन्त्री बनाएका छन् र सिन्धुपाल्चोकमा भएको बाढी पहिरोमा आतंकित पार्ने गरी अप्रमाणित अफवाह फैलाइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले फेसबुकमा लेख्दै मेलम्ची बाढी पहिरोमा ५० औं जना बेपता भएको, धेरै पक्की पुलहरु बाढीले बगाएको लेखे ।

धेरै सञ्चारमाध्यममा त्यसलाई आधार मान्दै मेलम्ची पहिरोमा ५० जना भन्दा बढी वेपत्ता भनेर समाचार समेत आएका थिए । त्यतिबेलासम्म हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका मेलम्ची(इन्द्रावती नदी करिडोरमा के कति वेपत्ता र मृतक भन्ने थाहा हुन सकेको थिएन ।

प्रहरी चौकी, नेपाली सेना, सशस्त्रको क्याम्पमा समेत बाढीको प्रभाव थियो । राति घटना भएकाले बिहानै तथ्यांक आएको थिएन ।

मन्त्री तामाङले फेसबुकमा अनाधिकृत सूचना दिएर आतंकित पार्ने कार्य गरे ।

यसलाई समेत ख्यालै नगरी मन्त्रीको यस्तो स्टाटसले सूचना त गलत थियो नै विपत्तमा परेकाका आफन्तहरुमा अझ त्रास फैलाएको थियो । बुधवार मोबाइल र बत्ती नभएको बेलामा अफवाह फैलाउने कार्य मन्त्रीले गरे । मिडियामा समाचार बने ।

विहीवार साँझ बल्ल जिल्ला प्रशासनले जारी गरेको सूचनामा २० वेपत्ता र १ को मृत्यु भएको उल्लेख छ । मन्त्रीले त अघिल्लै दिन विहान ५० औं संख्या बताएका थिए ।संख्या एकिन नै नभई मन्त्रीले नै ५० औं वेपत्ता भन्नुलाई के भन्ने ?

मन्त्री तामाङले वेपत्ताको संख्या मात्रै बढाएनन् भौतिक संरचना ध्वस्तमा पनि त्यतिकै बढावा दिएर लेखे । सरकारको आफ्नै सूचना संयन्त्र छ । अझ मन्त्री तामाङ त्यसै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत भएकाले किन अफवाह फैलाए ?

मन्त्री तामाङले बाहुनेपाटीको पुल बाढीले बगाएको उल्लेख गरे, जहाँ बाहुने पार्टीको पुलबाट आवतजावत भइरहेको छ, उक्त पुलमा बाढीले कुनै क्षति नगरेको स्थानीय बताउँछन् ।

विषयलाई अतिरञ्जना गर्ने, तथ्य र आधार नदिई गाँजा खेती गर्ने अभियान चलाउने, क्षणिक स्वार्थमा तत्काल गुट परिवर्तन गर्ने यस्ता गैरजिम्मेवार व्यक्ति कोरोना महामारीले यति संकटपूर्ण अवस्था सिर्जना गरेका बेलामा स्वास्थ्यमन्त्री हुन्छन भने कसरी सर्वसाधारण ढुक्क हुने अवस्था हुन्छ ?


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस