Techie IT
×
गृहपृष्ठराजनीतिसिके राउतको पार्टीमा पहिरो

सिके राउतको पार्टीमा पहिरो


सिरहा, २७ असार । डा. सिके राउत नेतृत्वको जनमत पार्टीभित्र तिब्र रुपमा बढ्ेको असन्तुष्टीका कारण पहिरो आएको छ । पार्टी अध्यक्ष डा. सिके राउतले पार्टी एक्लौटी रुपमा चलाएको र इमान्दार नेता कार्यकर्ताहरुको भावनालाई अबमुल्यन गरेको भन्दै ठुलो संख्यामा नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । जनमत पार्टी सिरहाका दुई जना पुर्व जिल्ला संयोजकसहित तीन दर्जन भन्दा बढी नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।

पार्टी अध्यक्ष डा. राउतले पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठा प्रति कुनै चासो नदेखाएको, एक्लौटी ढंगबाट पार्टी सञ्चालन भएको, पार्टीभित्र एकल, तानाशाही अपारदर्शी प्रबृति बढ्ेको लगायतका आरोप लगाउँदै ४६ जना नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेका हुन् ।
पार्टीभित्र केही सिमित नेता तथा आफ्ना आसेपासेको इसारामा इमान्दार कार्यकर्तालाई पाखा लगाउँदै पार्टी गुटगत रुपमा सञ्चालन गर्न खोजिएकाले पार्टी छाड्नु परेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

जनमत पार्टी सिरहाका पुर्व जिल्ला संयोजकहरु चन्देश्वर महतो र केदारनाथ यादवसहित लहान नगरपालिका संयोजक देवकान्त सिंह, सिरहा नगरपालिका संयोजक बिपिन यादव, सुखीपुर नगरपालिका संयोजक सत्रुधन महतो, धनगढीमाई नगरपालिका संयोजक बैधनाथ महतो, नरहा गाउँपालिका संयोजक मनोज यादव, नवराजपुर गाउँपालिका संयोजक रामशंकर यादव, गोलबजार नगरपालिका संयोजक देवेन्द्र प्रसाद महतो, बिष्णुपुर गाउँपालिका संयोजक बिरेन्द्र कुमार यादव, पार्टीका सक्रिय सदस्य अशेश्वर कामती, महेश महतो, भोलाजित नेपाल र जितेन्द्र कुमार सिंह लगायतले पार्टी परित्यागको घोषणा गरेका छन् ।

सरकारसँग ११ बुद्दे सहमति गरी मुलधारको राजनीतिमा फर्किका डा. राउतले केही महिना अघि जनमत पर्टी स्थापना गरेका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस