भारतीय मिडिया बकबास बन्द गर : प्रवक्ता श्रेष्ठ
काठमाण्डौ, २५ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा गरेको प्रचारले सीमा नाघेको बताएका छन् ।
नेता श्रेष्ठले ट्वीट गर्दै भारतीय सञ्चारमाध्यमले सरकार र प्रधानमन्त्री ओलीका बारेमा गरेको अनर्गल प्रचारलाई बकवासको संज्ञा दिएका छन् । उनले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति नेपाली एक ढिक्क रहेको र विदेशीको ुफुटाउ र स्वार्थ पूरा गरु भन्ने नीति सफल हुन नदिने पनि बताएका छन् ।
भारतीय सञ्चारमाध्यमले पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भ्रामक र आपत्तिजनक सामग्री दिइरहेका छन् ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा नेकपाका नेता योगेश भट्टराईले पनि भारतीय सञ्चारमाध्यमका सामग्रीले उनीहरु आफैँ नाङ्गिइरहेको बताएका छन्। प्रधानमन्त्री ओली, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय सञ्चारमाध्यममा आइरहेका समाचार तथा टिप्पणी हेर्दा पूर्वीय सभ्यताको उपहास भइहेको नेता भट्टराईको भनाइ छ ।
क्याटेगोरी :
राजनीति