Techie IT
×
गृहपृष्ठराजनीतिचिनियाँ राजदुत होउ यान्छी र झलनाथ खनालबीच भेटवार्ता

चिनियाँ राजदुत होउ यान्छी र झलनाथ खनालबीच भेटवार्ता


काठमाडौं, २३ असार । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।

भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो ।

कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ । नेकपाभित्र विवाद बढेको बेला केही दिनयता चिनियाँ राजदूत होउको सक्रियता बढेको छ । यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।

नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न सुझाव दिने गरेको चर्चा छ । नेकपा स्थायी कमिटीको बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक संघर्ष चर्किएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot


प्रतिक्रिया दिनुहोस