मन्त्रिपरिषद बैठक बस्दै, के होला निर्णय ?
काठमाडौं २३ असार । आज मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजेका लागि ठाकिएको हो ।
बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ ।
हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् ।
नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । थापाको संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन् ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking