Techie IT
×
गृहपृष्ठराजनीतिबाह्य हस्तक्षेप विना नेपाली परिवेश अनुकुल मौलिक प्रजातन्त्रको निर्माण गरौं : कमल थापा

बाह्य हस्तक्षेप विना नेपाली परिवेश अनुकुल मौलिक प्रजातन्त्रको निर्माण गरौं : कमल थापा


राप्रपा अध्यक्ष कमल थापाले पछिल्लो राजनीतिक घटनाक्रमलाई जोडेर ट्वीट गरेका छन् । उनले ट्वीट गर्दै भने ‘‘प्रम ओली भन्नुहुन्छ–सरकार गिराउन भारतीय राजदुत सक्रिय भए । अर्कोतर्फ चिनिया राजदुत सरकार बचाउन नेताहरुको घर पुग्छिन । के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ? राष्ट्रियता जोगाउन सक्छ रु स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन ।”

फेरी थप्छन् “पुर्वाग्रहबाट माथी उठौं । विगतमा सबैबाट गल्ति भएका छन् । गल्तिबाट पाठ सिकौं, आत्मालोचना गरौं । बाह्य हस्तक्षेप विना राष्ट्रियता र प्रजातन्त्र बलियो हुने नेपाली परिवेश अनुकुल मौलिक प्रजातन्त्रको निर्माण गरौं । कसैले जित्ने,कसैले हार्ने होईन सबै नेपालीले जित्ने व्यवस्था स्थापित गरौं । ’’


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस