Techie IT
×
गृहपृष्ठराजनीतिबालुवाटारमा ओली–प्रचण्ड वार्ता सम्पन्न, सहमतिको खोजी जारी राख्ने सहमती

बालुवाटारमा ओली–प्रचण्ड वार्ता सम्पन्न, सहमतिको खोजी जारी राख्ने सहमती


काठमाडौँ, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा शुरु भएको वार्ता सम्पन्न भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको पार्टीको स्थायी कमिटी बैठक स्थगित गरी सहमतिको विकल्प खोज्न दुई अध्यक्षबीच वार्ता भएको हो ।

बिहान ११ बजेदेखि शुरु भएको वार्ता आधा घण्टामा सकिएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले बताए। स्थायी कमिटी बैठक स्थगित गर्ने सहमति गरेलगत्तै बसेको अध्यक्षद्वयको बैठकमा सहमतिको खोजी जारी राख्ने दुई अध्यक्षबीच सहमति बनेको बालुवाटार स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस