माधव नेपाल र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं, २२ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शक्ति संघर्ष चर्किएको बेला नेकपाका नेता माधव कुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।
आइतबार साँझ नेपालको कोटेश्वरस्थित घरमै भेट गर्न राजदूत यान्छी पुगेकी थिइन् । नेकपा फुटको संघारमा पुगेको चर्चा चलिरहेको बेला चिनियाँ राजदूतको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।
नेकपाका एक स्थायी कमिटी सदस्ले भेटका बारेमा पुष्टि गर्दै चिनियाँ राजदूतले नेकपाको आन्तरिक विवादबारे चासो राखेको बताए ।
क्याटेगोरी :
राजनीति
ट्याग : #hot