गृहपृष्ठ ∕
राजनीति ∕
केपी ओलीको के सन्देश बोकेर देउवालाई भेट्न गए नेम्वाङ ?
केपी ओलीको के सन्देश बोकेर देउवालाई भेट्न गए नेम्वाङ ?
काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डसँग वार्ता गरिरहेका बेला नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्रीको सन्देश बोकेर नेम्वाङले आइतवार बिहान देउवालाई भेटेका हुन् ।
देउवासँग प्रधानमन्त्रीले दुई दिनअघि छलफल गरेका थिए । नेम्वाङले भने संवैधानिक परिषद् बैठक र एमसीसीलगायतका विषयमा विपक्षीय दलको नेतासँग सत्तापक्षको उपनेताले भेट गरेको प्रतिक्रिया दिए ।
संवैधानिक परिषद्को बैठक बस्न नसकेका कारण अख्तियार, निर्वाचन आयोगलगायत अन्य संवैधानिक आयोगहरूमा नियुक्ति हुन सकेको छैन । यसैबारेमा देउवासँग कुरा भएको उनले बताए ।
क्याटेगोरी :
राजनीति
ट्याग : #hot