Techie IT
×
गृहपृष्ठराजनीतिराष्ट्रपतिलाई भेटेर के भने प्रचण्ड, झलनाथ र माधव नेपालले ?

राष्ट्रपतिलाई भेटेर के भने प्रचण्ड, झलनाथ र माधव नेपालले ?


काठमाडौं, २१ असार । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसहित तीन नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउने कुनै योजना नभएको बताएका छन्। आइतबार शीतल निवास पुगेर नेकपा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालले राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने हल्ला बालुवाटरले फैलाएको र त्यसमा कुनै पनि सत्यता नभएको बताएका हुन् ।

शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषदका सदस्यहरूसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भइरहेको बताएका थिए।

पार्टीका निर्णय र सहमतिहरु एकपछि अर्को गर्दै लत्याएका प्रम ओलीको राजीनामा मागिरहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले आइतबार बिहान राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

राष्ट्रपति भण्डारीसँग नेताहरूले झन्डै ४५ मिनेट कुराकानी भएको नेकपाका एक सचिवालय सदस्यले बताए । राष्ट्रपतिसँग तीन नेताले प्रधानमन्त्री ओलीले चाल्ने असंवैधानिक कदमलाई साथ नदिन पनि आग्रह गरेका थिए।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस