Techie IT
×
गृहपृष्ठराजनीतिप्रचण्ड, झलनाथ र माधव नेपाल शीतल निवासमा

प्रचण्ड, झलनाथ र माधव नेपाल शीतल निवासमा


काठमाडौं, २१ असार । नेकपा अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । प्रचण्डसँगै पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपाल शीतल निवास गएका हुन् ।

प्रचण्ड पक्षले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र प्रधानमन्त्री हटाउने षडयन्त्र गरिरहेको आरोप प्रधानमन्त्रीले लगाइरहेका बेला यसबारे प्रष्ट पार्न प्रचण्ड सहितका नेताहरु शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्रीले शनिवार साँझ राष्ट्रपतिसँग भेट गरेपछि मन्त्रिपरिषद सदस्यहरुसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले राष्ट्रपतिविरुद्ध समेत खुमलटारमा प्रचण्ड पक्षधर नेताहरुले षडयन्त्र गरेको आशय व्यक्त गर्दै जुनसुकै कदम चाल्नुपर्ने बताएका थिए । पछिल्लो पटक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वैच्छारी ढंगले एकलौटी अघि बढ्न थालेपछि नेकपा फुटको संघारमा पुगेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस