Techie IT
×
गृहपृष्ठराजनीतिमन्त्री र राज्य मन्त्रीहरुलाई प्रम ओलीको काशन : अब कित्ता क्लियर गर्नुस्

मन्त्री र राज्य मन्त्रीहरुलाई प्रम ओलीको काशन : अब कित्ता क्लियर गर्नुस्

राष्ट्रपतिलाई महाअभियोग लगउने षड्यन्त्र भएको छ


काठमाडौं, २० आसार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई महाअभियोग लगउने षड्यन्त्र भएको बताएका छन् । शनिबार साँझ बालुवाटारमा मन्त्री र राज्य मन्त्रीहरुलाई आकस्मिक रुपमा डाकेका ओलीले आफुमाथि प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन षड्यन्त्र भइरहेको भन्दै आवश्यकता पर्यो भने सबै मन्त्री र राज्य मन्त्रीहरुले राष्ट्रियताको सवालमा आफ्नो पक्षमा लाग्न आग्रह गरे ।

उनले मन्त्रीहरुलाई आवश्यकता परे मुख खोल्न पनि भनेका छन् । बैठक पछि एक मन्त्रीले भने, ‘हामीलाई प्रधानमन्त्रीले पार्टी फुट्न लागेकाले कित्ता क्लियर गर्न पनि भन्नुभएको छ ।’

ओलीले मन्त्रीहरुलाई सोच्ने समय पनि दिएका छन् । उनले मन्त्रीहरुलाई आफ्नो पोजिसन क्लियर गर्न भनेका हुन् ।
‘अहिले ठूलो षड्यन्त्र भइरहेको छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने तयारी भएको छ । तपाईहरु कसको पक्षमा हुने ? कि प्रधानमन्त्रीको विपक्षमा जाने ? आज छलफल गर्ने समय भएन, तपाईहरुलाई यही सूचना भयो । आफ्नो पोजिसन छिट्टै क्लियर गर्नुस्,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने ।

प्रधानमन्त्रीले आफ्ना कुरा राखेपछि मन्त्रीहरु घनश्याम भुसाल, वर्षमान पुन, पार्वत गुरुङगायतले बोलेका थिए । मन्त्री पुनले पार्टीमा छलफल भएको कुरा पार्टीले नै निर्णय गर्ने बताएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस