Techie IT
×
गृहपृष्ठराजनीतिराष्ट्रपतिलाई भेटेर फर्किएपछि प्रम ओलीले मन्त्रीहरुलाई किन डाके बालुवाटार ?

राष्ट्रपतिलाई भेटेर फर्किएपछि प्रम ओलीले मन्त्रीहरुलाई किन डाके बालुवाटार ?


काठमाडौं, २० असार ।  प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि मन्त्रीहरुलाई बालुवाटार डाकेका छन् ।

शनिबार अपरान्ह शितलनिवासमा राष्ट्रपति–प्रधानमन्त्रीबीच सवा घण्टा कुराकानी भएको थियो । राष्ट्रपतिसँग के कुरा भयो त्यो आफुहरुलाई थाहा नभएको र किन आफुहरुलाई बालुवाटार बोलाइएको हो त्यस बारेमा पनि थाहा नभएको एक मन्त्रीले झिल्कोलाई बताए ।

ती मन्त्रीका अनुसार प्रम ओलीले राज्यमन्त्रीहरुलाई समेत बालुवाटार बोलाएकाले यो मन्त्रिपरिषद् बैठक भने होइन् ।
यसअघि असार १८ गते पनि प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गरी संसदको बजेट अधिवेशन अन्त्य गराएका थिए ।

ओलीले दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउनका लागि कसरत गर्न थालेको राजनीतिक विश्लेषकहरुको भनाई छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस