Techie IT
×
गृहपृष्ठराजनीतिओलीले अध्यादेश ल्याउने संकेतपछि राष्ट्रिपति भेट्न पुगे प्रचण्ड

ओलीले अध्यादेश ल्याउने संकेतपछि राष्ट्रिपति भेट्न पुगे प्रचण्ड


काठमाडौं, १८ असार । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठक स्थगित गरेर प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । बिहानमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई भेटेकोमा प्रचण्ड पनि छुट्टै भेट्न पुगेका हुन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेसँगै असन्तुष्ट बनेका प्रचण्डले यस विषयमा कुरा गर्ने बताइएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस